२०८३ साल साउन ३० गते शनिवार

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रमुख दलका शीर्ष  तीन नेता बालुवाटारमा छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा सहभागी छन् ।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको हो ।

यसअघि पनि पटक पटक यी तीन नेताहरूबिच भेटवार्ता भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत दर्जन बढी पक्राउ परिसकेका छन् । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन् ।

प्रतिक्रिया